२२ बैशाख २०८१, शनिबार
Header

टोपबहादुर रायमाझी सहित ९ जना थुनामै रहने


प्रकाशित: शुक्रवार, १५ मंसिर २०८०, १८ः४० बजे
- महानगरखवर

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागी थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी सहित ९ जना थुनामै रहेने उच्च अदालत पाटनको आदेश छ । 


शुक्रवार अदातलका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, पूर्वगृह सचिव टेकनारायण पाण्डे, केशव दुलाल, आङटावा शेर्पा, सानु भण्डारी, सन्देश शर्मा, गोविन्दकुमार चौधरी र सागर राईलाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो ।


आदेशमा सन्दीप रायमाझीलाई ३० लाख, टेकनाथ रिजाल, रामशरण केसी र हरिभक्त महर्जनलाई १५ लाख र नरेन्द्र केसी र शमशेर मियाँलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।


त्यसैगरी, टंककुमार गुरुङ, केशव तुलाधर, आशिष बुढाथोकी र लक्ष्मी महर्जनलाई भने साधारण तारेखमा छाड्न अदालतले भनेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD