९ भाद्र २०८३, मंगलबार
Header

टोपबहादुरलाई ३ दिन हिरासतमा राख्न अनुमति, बयान जारी 


प्रकाशित: सोमवार, १ जेठ २०८०, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा आईतवार राती पक्राउ परेका टोपबहादुर रायमाझी लाई ३ दिन हिरासतमा राख्न अनुमित दिएको छ ।


सोमवार काठमाडौं जिल्ला अदलालतका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएलगत्तै उनको बयान सुरु भएको हो ।


रायमाझीलाई जिल्ला सरकारी वकिलको कार्यालयका उपन्यायधिवक्तासहित जिल्ला प्रहरी परिसर काठमाडौंमा मुद्दा शाखाका डीएसपी निरञ्जन भट्टसहितको टोलीले उनको बयान लिइरहेको छ ।


बुधबारसम्म अनुसन्धान सकेर फाइल तयार गर्नु पर्ने प्रहरीको भनाई छ । 

 

२० वैशाखमै पक्राउ पुर्जी जारी भएपनि उनी फरार रहेका थिए । प्रहरीले उनलाई काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट पक्राउ गरेको थियो । 


उनका छोरा सन्दीपलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेर थुनामा राखेको छ । अहिलेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसँगै १३ जना पक्राउ परिसकेका छन ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex