१५ बैशाख २०८१, शनिबार
Header

टोखा नगरपालिकाले एक हप्ता विद्यालय बन्द गर्ने 


प्रकाशित: शुक्रवार, ३ बैशाख २०७८, १८ः५० बजे
- महानगरखवर

काठमाडौं । टोखा नगरपालिकाले एक हप्ता विद्यालय बन्द गर्ने निर्णय गरेको छ । 


नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले बैशाख १० गतेदेखि १५ गते विद्यालय पूर्ण रुपमा बन्द गर्ने बताएका छन । 


विद्यालय बन्द गर्नु अघि वैशाख ५ गतेदेखि ८ गतेसम्म सबै विद्यालयमा दोस्रो चरणको कोरोनासम्बन्धि विद्यार्थीमा जनचेतना फैलाउने उनले जानकारी दिए । 


बैशाख १६ गतेदेखि भने स्वास्थ्य मापदण्ड पालना गरेर वार्षिक परिक्षा सञ्चालन गर्ने निर्णय नगर प्रमुख अधिकारीले बताए । 


त्यसैगरी टोखाले नगरपालिकाभित्र कोरोना भाइरस फैलन नदिन माइकिङ गर्ने, होर्डिङ वोर्ड राख्ने, आइसोलेशन कक्ष निर्माण गर्ने कार्यलाई प्राथमिकता दिनेछ ।


नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमका अनुसार टोखामा सामुदायिक आठ, निजी ८४ र मन्टेश्वरी ३५ विद्यालय रहेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD