७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

टोखा - छहरे सुरूङमार्ग सहित ९ बुँदे समझदारी


प्रकाशित: मंगलवार, १८ मंसिर २०८१, १६ः२० बजे
- महानगरखवर

काठमाडौं । नेपाल र चीनबीच टोखा - छहरे सुरूङमार्ग निर्माणसहित ९ बुँदे समझदारी भएको छ । 


मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा परराष्ट्र सचिव अमृत राई र चिनियाँ विदेश मन्त्रालयका प्रतिनिधिले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन । 


समझदारीमा टोखा छहरे सुरूङमार्गसम्बन्धी पत्रको आदानप्रदान, नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र, नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदानप्रदान, तयारी भैंसीको मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको हो । 


यस्तै, विकास योजनासम्बन्धी समझदारीपत्र,आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र, नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान, स्वयमसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी पत्र, नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको उनले जानकारी दिए ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex