२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

टोखा गनरपालिकाले तयार पार्‍यो नेपालभाषाको आफ्नै पाठ्यपुस्तक


प्रकाशित: शुक्रवार, २१ भाद्र २०८१, १७ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने सांस्कृतिक एवम् ऐतिहासिक नगर टोखामा स्थानीय पाठ्यपुस्तक ‘हाम्रो टोखा देश’ तयार भएको छ । टोखा नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित भएर स्थानीय नेपालभाषामा उक्त पुस्तक तयार गरेको हो । बाल विकासदेखि ३ कक्षासम्मको लागि तयार गरिएको उक्त पाठ्यपुस्तक गत हप्ता टोखा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको तर्फबाट आयोजित कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङका साथै कार्यक्रममा उपस्थित अतिथिहरूबाट संयुक्त रुपमा सार्वजनिक गरिएको हो । 


कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख अधिकारीले टोखा नगरपालिकाको मात्र नभइ सम्पूणर् टोखा नगरबासीका निम्ति यो ऐतिहासिक काम भएको बताउनुभयो । आफूले महानगरको भन्दापनि उत्कृष्ट पाठ्यपुस्तक तयार पारेको उहाँको दावी थियो । उहाँले नगरपालिकाको २ र ३ को सामुदायिक र संस्थागत विद्यालयहरुमा ३ कक्षासम्को पाठ्यक्रम अन्तर्गत नेपालभाषा अध्यापन गराउने व्यवस्था मिलाएको बताउनुभयो । यो सुरुवात मात्रै भएको बताउँदै यसलाई अझ परिमार्जित र संशोधन गरी ८ कक्षासम्मको विद्यार्थीहरुको निम्त नेपालभाषा अध्यापन गराउने र नगरपालिकाभर लार्गू गर्न एक वृहत भेला गर्ने योजना रहेको समेत उहाँले सुनाउनुभयो । 


आफूले कहिल्यै नेवाः समुदायलाई उपेक्षित नगरेको बताउँदै उहाँले नगरभित्रका सबै भाषा, धर्म, संस्कृति र जातजातिलाई जहिलेपनि सम्मान गर्दै आइराखेको र गर्दै रहने बताउनुभयो । 
टोखा नगर उपप्रमुख तामाङले सांस्कृतिक सम्पदाको धनी नेवाः समुदायको नामले टोखा देशको नामाकारण भएकोले उक्त समुदायको शान, मान र आत्मसम्मानको निम्ति जहिलेपनि सचेत भएर काम गर्ने बताउनुभयो । टोखा नगरपालिकाको मुटु भनेकै स्थानीय नेपालभाषा भएकोले नगर क्षेत्रभित्रका सबै वडाहरुमा नेपालभाषालाई अनिवार्य गरेर लाने योजना रहेको जानकारी उहाँले दिनुभयो ।


वडा नं. २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठले विद्यार्थीहरुको सर्वाङ्गिण विकासको लागि पाठ्यपुस्तक निर्माण गरेर जानुपर्नेमा जोड दिंदै शिक्षा नीति असफल भएमा गाउँसमाज मात्र होइन, देशै असफल हुने बिचार व्यक्त गर्नुभयो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex