४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

टोखामा हिटर पड्केर आगलागी


प्रकाशित: मंगलवार, २४ पुष २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौँको टोखामा नगरपालिका– ११ स्थित एक घरमा मंगलवार हिटर पड्किएर आगलागी भएको छ । 


भण्डारी टोलस्थित मुकुन्दराजप्रकाश घिमिरेको घरमा आगो ताप्ने हिटर पड्किएर आगालागी हुँदा लत्ताकपडा, टिभी, ग्यास चुलोलगायत सामग्री जल्दा करीब रु दुई लाख बराबरको मालसामान नष्ट भएको प्रहरीले जनाएको छ ।


यस अघि पुसको पहिलो हप्ता हिटरमा जोडेको ग्यास चुहिएर काठमाडौँ कलङ्कीका इञ्जिनीयर दम्पतीको ज्यान गएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex