१५ बैशाख २०८१, शनिबार
Header

टोखाबाट नगदसहित गरगहना चोरी गर्ने पक्राउ


प्रकाशित: सोमबार, २३ पुष २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौँ । प्रहरीले टोखा नगरपालिका वडा नं १ स्थित फूलवारीस्थित राजु तामाङको घरमा चोरी गर्नेलाई नगद र गरहना चोरी गर्ने पक्राउ गरेको छ ।


महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नुवाकोटका ४० वर्षीय मुक्ति अधिकारीलाई आइतबार साँझ पक्राउ गरेको हो । 


पक्राउ अधिकारीसँग प्रहरीले रु २३ हजार ६५० नगद, पोतेसहित तिलहरी एक थान, मङ्गलसुत्र एक थान, सुनको औँठी एक थान, मोबाइल एक थान, रातो हाते ब्याग एक थान, सुनको बिल एक थान बरामद गरेको छ । 


प्रहरीले अधिकारीलाई चोरी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेकोे वृत्तले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD