४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

टोखाको ग्राण्डीचोकबाट १९ थान मोवाईलसहित घडी, टिभी चोरी


प्रकाशित: मंगलवार, ११ मंसिर २०७५, १८ः१३ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका वडा नं ८ स्थित ग्राण्डीचोकबाट मोवाईल, टिभी, चार्जर, घडी लगायतका समानहरु चोरी भएको छ । 


टोखा नगरपालिका–८ ग्राण्डी चोकस्थित दिल बहादुर लिम्बुको अभि मोबाइल पसलबाट बिभिन्न कम्पनीका मोबाइल १९ थान, टिभी २ थान, विभिन्न कम्पनीका घडी ४१ थान, मोवाइल चार्जर ९ थान गरी  करिब २ लाख ६६ हजार २ सय ५० रुपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको छ । 


फरार चोरहरुको प्रहरीले खोजि गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex