१३ भाद्र २०८३, शनिबार
Header

टेलिफोन टयापिङ गरेर विरोधी ठेगान लगाउने षडयन्त्रः देउवा


प्रकाशित: सोमबार, ६ साउन २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रस्तावित गरेको ‘दुरसञ्चार ऐन’ को कडा विरोध गरेका छन । 


सो ऐनमा कसैले टेलिफोनबाट गाली बेईज्जत गरे जरिवाना र कैदको व्यवस्थालाई लिएर सभापति देउवाले सरकार विरोधी ठेगान लगाउने षडयन्त्रमा लागेको आरोप लगाएको छ । 


टेलिफोन टयाप गर्ने सरकारको नीतिले विरोधीलाई जेल हाल्ने र ठेगान लगाउने कुरा खतरनाक रहको उनले बताए । 


देउवाले नागरिकको गोप्यतानै नरहने र यसले अप्ठेरो अवस्था पर्ने बताउँदै सो ऐनको कडा विरोध गरेको छ । उनले यो अवस्थाले अधिनायकवादी शासनको रुप दिन खोजेको बताए ।


सञ्चार मन्त्रालयले तयार पारेको सो ऐनको मस्यौदामा दूरसञ्चार सेवाका मनध्यमबाट गाली गर्ने, धम्क्याउने वा अनावश्यक दुख दिनेलाई १५ लाखसम्म जरिवाना वा एक वर्षसम्म कैद गर्न सक्ने प्रस्ताव रहेको समाचार प्रकाशित भएपछि यतिखेर यसको सर्वत्र आलोचना भईरहेको छ ।


सोमबार वीपी स्मृति दिवसको अवसरमा शहीद स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले सरकारले पछिल्लो समय ल्याएको विवादित विधेयकहरु मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानवअधिकार आयोगसम्बन्धी विधेयक फिर्ता नलिए संसद अवरुद्ध पार्ने चेतवानी समेत दिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex