१४ बैशाख २०८१, शुक्रबार
Header

टेलिकमले ४५ प्रतिशतका दरले नगद लाभांश बाँड्ने


प्रकाशित: मंगलवार, ८ पुष २०७६, १४ः३० बजे
- महानगरखवर

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले लाभांश बाँड्ने भएको छ । 


टेलिकमले ४५ प्रतिशतका दरले नगद लाभांश बाँड्ने जनाएकोक छ । कम्पनीको लाभांश गत वर्षको भन्दा घटेको हो । 


गत वर्ष कम्पनीले ५५ प्रतिशत नगद लाभांश बाडेको थियो । लाभांश वितरणका लागि कम्पनीले पुस २९ गते १२औं वार्षिक साधारणसभा डाकेको छ ।


गत वर्ष कम्पनीले १० अर्ब २० करोड रूपैयाँ नाफा गरेको थियो ।  कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । ८६ अर्ब रुपैयाँ जगेडा कोषमा छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD