६ जेठ २०८१, आइतबार
Header

टेलिकमले १५ औं बार्षिकोत्सवको अवसरमा आकर्षक डाटा अफर ल्यायो


प्रकाशित: मंगलवार, २२ माघ २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल टेलिकमले आफ्नौ १५ औं बार्षिकोत्सव पुरा गरेको अवसरमा ग्राहकका लागि विभिन्न आकर्षक डाटा अफरहरु ल्याएको छ । 


टेलिकमका ग्राहकले मोवाईल एप डाउनलोड र रजिष्ट्रेशन गर्दा १०० एमबी डाटा प्राप्त गर्न सक्नेछन । यो अफर माघ २२ देखि फागुन २२ गतेसम्मको लागि हुनेछ । 


त्यसैगरी जीएसएम पोस्टपेड ग्राहकले नौ सय रुपैयाँको प्याकेजमा २ जीबी अल टाइम डाटा, पाँच सय रुपैयाँको फ्री रिसोर्स प्राप्त गर्न सक्नेछन । 


टेलिकमले टुरिष्ट प्याकेज, नया जिएसम पोष्पेड खरिदकर्ताको लागि अफर, चीन कल गर्दा मासिक प्याकेज, बोनस, जरिवाना छुट लगायतका अफरहरु प्रदान गर्ने भएको छ । 


टुरिष्ट प्याकेज अन्तर्गत ग्राहकले पाँच सय र एक हजारको खरिद गर्न सक्नेछ । पाँचसयको प्याकेज खरिद गरेमा पाँच जीबी डाटा, ५० मीनेटको भ्वाइसकल, ५० एसएमएस र एक सय रुपैयाँको अन्तर्राष्ट्रिय कल गर्न सक्ने टेलिकमले जनाएको छ । 


त्यसैगरी एक हजारको प्याकेज खरिद गरेमा १० जीबी डाटा एक सय मीनेटको भ्वाइसकल, एक सय एसएमएस र दुई सय रुपैयाँको अन्तर्राष्ट्रिय कल सेवा लिन सक्नेछ । 


अन्तर्राष्ट्रिय कल अन्तर्गत चिनको प्याकेज लिन सक्नेछ । माघ २२ गतेदेखि ९० दिनसम्मको सो सिमिति प्याकेजमा ग्राहकले ३५ रुपैयाँ देखिपाँच सय रुपैयाँसम्मको प्याकेज लिन सक्ने टेलिकमले बताएको छ ।


माघ २३ गतेदेखि फागून आठ गतेसम्म नयाँ जीएसए पोष्टपेड खरिदकर्ताले तीन महीनासम्म एक जीबीको अल टाइम डाटा एकसय मिनेटको भ्वाइसकलको सुविधा पाउन सक्नेछन । 


टेलिकमका अनुसार एक वर्षदेखि एडिएसएल सेवा लिँदै आएका ग्राहकले तीन महीना अवधिमा एफटीटीएच माइग्रेसन योजना अन्तर्गत एफटीटीएच सिपीइ निशुल्क पाउन सक्नेछन । 


त्यसैगरी नेत्रविहिनले प्रगोग गर्दै आएको सिडिएमए र जिएसएममा अल टाईम डाटा प्याकेजमा बोनसको दिने भएको छ । 


नेत्रहीन संघको सिफारिसमा सो सेवामा शतप्रतिशत बोनस पाउनका साथै दुई सय रुपैयाँको अल टाइम डाटा खरिदमा ५० प्रतिशत बोनस पाउन सक्नेछन । 


मोवाइल पोइन्ट्स अफ सेलको माध्यमबाट कम्पनीको सेवाहरुमा रिचार्ज र भुक्तानी गर्दा ग्राहकले पाँच प्रतिशत बोनस रकम प्राप्त गर्ने सक्नेछन । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD