२० आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

टेलिकमले नेटवर्क विस्तारलाई दियो तिव्रता, ५७ जिल्लामा विस्तार सम्पन्न


प्रकाशित: बिहिबार, २४ जेठ २०७५, १९ः५५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । नेपाल टेलिकमले अप्टिकल फाईवर नेटवर्क कार्यलाई तिव्रता दिएको छ ।  टेलिकमले हालसम्म ५७ जिल्लामा अप्टिकल फाइबर नेटवर्क विस्तार गरिसकेको जनाएको छ । 


टेलिकमले सेवाको स्तरोन्नति गर्दै सेवाको गुणस्तर वृद्धि गर्न अप्टिकल फाइबर नेटवर्क विस्तार कार्यलाई तिव्रताका साथ अघि बढाएको छ । 


कम्पनीले गत वैशाख मसान्तसम्ममा ३७५ किमी एडिएसएस अप्टिकल फाइबर जडान भइसकेको छ । कम्पनीको लक्ष्य आगामी असार मसान्तसम्म चार सय किमी जडान गर्ने थियो ।


आगामी आर्थिक वर्ष २०७५÷७६ को प्रथम चौमासिकमा बाँकी ४५० किमी थप जडान गरी कुल एक हजार किलोमिटर अप्टिकल फाइबर नेटवर्क तयार गर्ने लक्ष्य रहेको टेलिकमले जनाएको छ भने चालु आयोजना सम्पन्न हुँदा ६४ जिल्ला सदरमुकाममा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने भएको छ ।

 
हालसम्म वसन्तपुर–तिरतिरे–पिलुवा–चैनपुर–तुम्लिङटार–खाँदबारी, हिले–भोजपुर, डडेलधुरा–दिपायल, दिपायल–सिलगढी–साँफेबगर–मंगलसेन र लमही–तुलसीपुर नेटवर्कमा फाइबर जडान भइसकेको छ ।

 
त्यसैगरी तामाकोशी पुल–खिम्ती–मन्थली–सिन्धुलीबीचको ११५.८० किमीमध्ये ९० किमी सम्पन्न भएको छ भने बेनी–जोमसोमबीचको ११३.४४ किमीमध्ये ९५ किमीमा अप्टिकल फाइबर जडान भइसकेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex