१३ बैशाख २०८१, बिहिबार
Header

टेलिकमको सुन्धारा काउन्टरबाट ई–सिम वितरण हुँदै


प्रकाशित: शुक्रवार, ३१ भाद्र २०७९, ११ः५० बजे
- महानगरखबर

काठमाडौं । नेपाल टेलिकमले आजबाट ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण थालेको छ । 


ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ । 


दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट विहानदेखि ई–सिम वितरण सुरु गरिएको छ । 


टेलिकमले एक विज्ञप्ती जारी गरी ई–सिम प्रयोग गर्न चाहने ग्राहकले सिम सर्पोट हुनेहरुले निःशुल्क रुपमा ई–सिमका परिवर्तन गर्न सकिने जनाएको छ ।

 
त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई(सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध नगराइने कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।


ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक (इम्बेडेड) सिम हो । ई(सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । 


यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिने जारी विज्ञप्तीमा उल्लेख छ । ई–सिम शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइस (वेरेबल डिभाइस) हरुमा समेत प्रयोग गर्न सकिन्छ ।

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD