७ बैशाख २०८१, शुक्रबार
Header

टेलिकमको विन्टर अफर सार्वजनिक 


प्रकाशित: आईतवार, २ माघ २०७८, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल टेलिकमले विन्टर अफरको रुपमा अनलिमिटेड प्रिपेड डेटा प्याकेज सार्वजनिक गरेको छ । 


माघ ३ देखि लागु हुने पहिले २८ दिनका लागि ५९९ रुपैयाँमा लिन सकिने ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध भइरहेकोमा अब ‘सजिलो अनलिमिटेड प्रिपेड ७९९’, ‘सजिलो अनलिमिटेड प्रिपेड ९९९’ र ‘सजिलो अनलिमिटेड प्रिपेड १४९९’ प्याक ल्याएको टेलिकमले जनाएको छ । 


टेलिकमका अनुसार यस अफर अन्तर्गत ग्राहकलाई अनलिमिटेड भ्वाइस कल र निश्चित डेटा (प्रतिदिन क्रमशः एक जीबी, दुई जीबी र चार जीबी) लगायतका सेवाहरु उपलब्ध गराइने छ । 


यस्तै, टेलिकमले सस्तो प्रिपेड कम्बो प्याक २९९ रुपैयाँमा अब २८ दिनसम्म चलाउन मिल्ने गरी १५० मिनेट अन–नेट भ्वाइस कलका साथै २० वटा एसएमएस पठाउन र दुई जीबी डेटा चलाउन सकिने छ । 


यसैगरी, टेलिकमले उपलब्ध गराईरहेको भ्वाइस ओभर एलटीइ (भीओएलटीई) सेवा प्रयोगकर्ताहरुले पहिलोपटक यो सेवा एक्टिभ गर्ने ग्राहकहरुले २८ दिनसम्म प्रयोग गर्न सक्नेगरी निःशुल्क १०० मिनेट अन–नेट कलको सुविधा पाउने छन । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD