६ जेठ २०८१, आइतबार
Header

टेलिकमको फोरजी/एलटिईविच सेवा विस्तार सम्झौता


प्रकाशित: आईतबार, २० माघ २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौँ । नेपाल टेलिकमको फोरजी÷एलटिइ सेवा विस्तारका लागि आईतबार सम्झौता भएको छ । 


टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले एक विज्ञप्ती जारी सो सेवा सम्झौता बारे जानकारी दिएको छ । 


विज्ञप्तीमा संसद्को अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरीद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सो सम्झौता गरिएको उल्लेख गरिएको छ । 


त्यससम्बन्धी छुट्टाछुट्टै सम्झौतापत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटिइ तथा सिसिएसआइका प्रतिनिधिले हस्ताक्षर गरेका छन । 


फोरजी/एलटिइ सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क (¥यान) का लागि चिनियाँ कम्पनी जेडटिइ र सिसिएसआइ हङकङसँग सम्झौता भएको हो । 


सेवा विस्तार भएपश्चात टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ओभरलीका रुपमा सञ्चालन गरी ग्राहकलाई आ–आफ्नो रुचि र आवश्यकताअनुसारका सेवा छनोट गर्ने अवसर प्राप्त हुनेछ । 


नेपालभर ६५ लाख क्षमताको फोरजी–एलटिइ विस्तारका लागि एउटा कोर नेटवर्क र दुई ¥यान नेटवर्क तयार गरिने छ । मुख्य कोर नेटवर्क काठमाडौँ र बुटवलमा रहने प्रवक्ता बैद्यद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 


¥यान नेटवर्कअन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने विज्ञप्तीमा उल्लेख छ ।  


सम्झौतापश्चात एक वर्षभित्रमा परियोजना सम्पन्न हुने जनाएको छ । 


टेलिकमले मुलुकमै पहिलो पटक २०७३ साल पुस १७ गते काठमाडौँ उपत्यका र पोखरामा फोरजी÷एलटिइ सेवा सञ्चालन गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD