काठमाडौं । नेपाली टेलिकमका प्रबन्ध निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट डिल्लीराम अधिकारी नियुक्त भएका छन् ।
सबैभन्दा बढी नम्बर पाउने अधिकारीलाई मन्त्रिपरिषदले टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको हो । खुला प्रतिस्पर्धाबाट छानिएका अन्तिम तीनजना मध्ये अधिकारीले बढी नम्बर ल्याएको थियो ।
सरकारले सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा गठित समितिले अन्तिम तीनजनामा नम्बरका आधारमा डिल्लीराम अधिकारी, बुद्धि आचार्य र संगीता पहाडीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।
दशौं तहमा कार्यरत अधिकारीलाई कार्यक्षमता र योजनाका आधारमा टेलिकमको नेतृत्व दिइएको हो ।
Categorized in प्रबिधि