१५ बैशाख २०८१, शनिबार
Header

टेलिकमको प्रति शेयर ४५ रुपैयाँका दरले लाभांश वितरण गरिने


प्रकाशित: बुधवार, १ माघ २०७६, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल टेलिकमको प्रतिशेयर ४५ रुपियाँ दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । 


नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १२औं वार्षिक साधारणसभामा सो प्रस्ताव पारित गरिएको हो । नगद लाभांश रकम माघ १ गतेदेखि एनएमबी बैंकमार्फत शेयरधनीहरुलाई वितरणगर्ने ब्यवस्था गरिएको टेलिकमले जनाएको छ ।


कम्पनीका अध्यक्ष एवम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै कम्पनीलाई सबल, अग्रणी संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।


कम्पनीका अध्यक्ष सुवेदीले विकट तथा ग्रामीण क्षेत्रहरूमा समेत सञ्चार तथा सूचना प्रविधि उपलब्ध गराई मुलुकमा व्याप्त डिजिटल डिभाइड न्यूनीकरण गर्ने र डिजिटल इन्क्लुजनको अवधारणालाई साकार पार्ने सिलसिलामा कम्पनीको योगदान महत्वपूर्ण रहेको बताउँदै देशव्यापी रुपमा आवश्यक पूर्वाधार विकासमा कम्पनीले विशेष ध्यान दिएको बताए ।


अध्यक्ष सुवेदीले कम्पनीको भ्वाइस र डाटा सेवाको बजार हिस्सा क्रमशः ३.९३ र ४.७५ प्रतिशतले वृद्धि भई ५४.८३ र ४८.४१ प्रतिशत पुगेको जानकारी दिए ।


कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा कर तथा गैरकरवापत सरकारी राजस्वमा ३३.३१ अर्ब रुपैयाँ दाखिला गरेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD