२६ फाल्गुण २०८२, मंगलबार
Nepal Bank AD 2082 mansir

टेक्सासमा विनासकारी बाढीका कारण २४ जनाको मृत्यु, उद्धार कार्य जारी


प्रकाशित: शनिवार, २१ असार २०८२, १७ः२३ बजे
- महानगरखवर

काठमाडौं । अमेरिकाको टेक्सास राज्यमा शुक्रवार बिहानदेखि आएको विनासकारी बाढीका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ।

 
सीएनएनका अनुसार, यो संख्या बढ्न सक्ने सम्भावना रहेको छ। बाढीका कारण टेक्सासका कयौं क्षेत्रमा आपतकाल घोषणा गरिएको छ र सडक सञ्जाल र टेलिफोन नेटवर्क बिच्छेद भएको छ।


ग्वाडालुपे नदीको आसपासका क्षेत्रहरूमा अचानकको भारी वर्षाले नदीको सतहमा २६ फिट (७.९ मिटर) बढोत्तरी भएको अधिकारीहरूले बताएका छन्। 


बाढीका कारण बेपत्ता भएकाहरु नभेटिएसम्म उद्धार कार्य जारी रहने अधिकारीहरूको भनाइ छ।


टेक्सास मिलिटरी डिपार्टमेन्टका मेजर जनरल थोमस एम. सुएल्जरले शुक्रबार रातिसम्म २३७ जनाको उद्धार गरिएको र अधिकांशलाई हेलिकोप्टरको सहायताले उद्धार गरिएको जानकारी दिए। 


उद्धार कार्यमा १४ हेलिकोप्टर, १२ ड्रोन र ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।


बाढीको कारण ग्वाडालुपे नदी किनारमा रहेको क्रिस्चियन समर क्याम्पका २३ देखि २५ जना विद्यार्थी हराइरहेका छन्। उद्धार कार्य जारी छ र केही वयस्क र बालबालिकाहरुलाई रुखबाट समेत उद्धार गरिएको छ।


टेक्सास गभर्नर ग्रेग एबट र राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढी प्रभावित क्षेत्रका नागरिकहरूको राहत र उद्धार कार्यमा सरकारको पूर्ण समर्थन रहेको बताएका छन्।

asteriskhubs
Home Page Bottom Second


maharjan complex