५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

टेकु स्टेशनमा थुप्रिएको फोहर प्लाष्टिकले छोपी दुर्गन्ध घटाउन जीवातु राखियो


प्रकाशित: आईतवार, २६ असार २०७९, १३ः५० बजे
- महानगरखवर

काठमाडौं । बर्षाको कारण सडक विग्रिएपछि काठमाडौं महानगरको फोहर टेकु ट्रान्सफर स्टेशनमा थुप्रिएको छ । 


थुप्रपिएको फोहरबाट दुर्गन्ध नफैलियोस भनेर जीवातु (जैविक तरल पदार्थ) राखेर प्लाष्टिकले फोहोर छोपिएको छ ।  


सडकमा थुप्रिएको फोहर बञ्चेरडाँडामा  बर्षा, झरिको कारण ढुवानी गर्न नसकेपछि सो गरिएको प्रमुख बालेन्द्र शाह (बालेन)को सचिवालय सदस्य ईञ्जिनियर सुनिल लम्सालको छ । 


उनका अनुसार यसरी फोहर राख्दा स्टेशनमा थप्दा दृश्य र दुर्गन्ध बढ्ने भएकोले यसअघि थुप्रिएको फोहोर छोपिएको हो । यसबाट ट्रान्सफर स्टेशनबाट स्थानीयलाई पर्ने असर न्युन हुनेछ ।


प्लाष्टिकले छोपिएको ट्रान्सफर स्टेशन अहिले दैनिक संकलन भएको फोहोरलाई स्टेशनको एक साइटमा राखेर ढुवानी गरिँदैछ । 


यस अघिको महानगरको कार्यपालिका बैठकमा वडा १२ अध्यक्ष बालकृष्ण महर्जनले टेकुमा थुपारिएको फोहर तुरुन्त व्यवस्थापन गर्न महानगर प्रमुख साहलाई आग्रह समेत गरेका थिए । 


सवारी साधनको प्राविधिक क्षमता घट्नु, ल्याण्डफिल साइटसँग सम्बन्धित प्राविधिक तथा सामाजिक समस्याले फोहोर ढुवानी हुन नसक्दा समय समयमा ट्रान्सफर स्टेशनमा फोहोर बाँकी हुने गरेको छ । 


यो व्याक्टेरिया सकारात्मक व्याक्टेरिया हो । यसले मानब स्वास्थ्यमा कुनै पनि असर गर्दैन । निष्क्रिय बनाएर राखिएको व्याक्टेरियालाई सक्रिय बनाएर यसको प्रयोग गरिने गरको महानगरले जनाएको छ ।

 
टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ । त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex