१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

टेकु र छत्रपाटी अस्पताललाई महानगरद्धार भेन्टिलेटर प्रदान


प्रकाशित: शनिवार, ८ जेठ २०७८, १०ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल अस्पताल टेकु र छत्रपाटी निःशुल्क चिकित्सालय भेन्टिलेटर सहयोग प्रदान गरेका छ । 


शुक्रवार महानगकार प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा ती अस्पतालहरुलाई २—२ थान भीजी ७० मोडलका भेन्टिलेटर प्रदान गरेको महानगरपालिकाले जनाएको छ । 


काठमाडौँ महानगरपालिकालाई यी उपकरण भगिनी सहर तिव्वतको ल्हासाले महामारी विरुद्धको लडाइँमा सघाउन पठाएको हो ।


सो अवसरमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीे, टेकु अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी, छत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठको उपस्थिती रहेको थियो । छत्रपाटी चिकित्सालय महानगरको कोविड अस्पताल हो । 


काठमाडौँ महानगरले यस अघि सरकारी र सामुदायिक गरी १२ वटा अस्पतालहरुलाई कोविडको उपचारमा क्षमता बढाउन विभिन्न खालका सहयोग गरिसकेको छ ।


छत्रपाटी निःशुल्क चिकित्सालयमा ३५ वेडको कोविड अस्पताल सञ्चालन अन्तिम तयारीमा पुगेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex