४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

टेकु पुलको संरचना ७ भित्र सुधार्न निर्देशन


प्रकाशित: बुधवार, १ साउन २०७६, २१ः२० बजे
- महानगरखवर

काठमाडौं । सडक डिभिजन काठमाडौं मिनभवनले टेकु पुलको संरचना ७ दिनभित्र सुधार्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । 


पप्पु कन्स्ट्रक्सनले मापदण्ड विपरित टेकु पुलमा गलत ढंगले निर्माण गरेपछि रोक्न निर्देशन दिएको र संरचना सुधार्न पटक पटक सुचना जारी गरेपनि अटेर गरेपछि ७ दिने अल्टिमेट दिएको हो । 


निर्देशन अनुरुप काम नगर ठेक्का तोडेर नियमानुसार कारबाही हुने कार्यालयले जनाएको छ । करिव ६२ मिटर लामो पुल तत्कालिन दिगो शहरी यातायात आयोजनाबाट निर्माण गरिएको हो । 


तत्कालिन आयोजना प्रमुख अनन्त आचार्यका अनुसार यो पुलको फाउण्डेसनमा समस्या नभएपनि सुपर स्ट्रक्चरमा समस्या देखिएको छ । 


पुलमा प्रयोग गरिएको डण्डी र तार (केवल) मापदण्डभन्दा सानो र गुणस्तरहिन भएपछि तत्कालिन अवस्थामा पुलको काम रोकिएको थियो । 


तर पप्पुले रातारात आयोजनाको प्राविधिक (इन्जिनियर) नै नराखी ढलान गरेर काम फत्ते गरेको आयोजनाले थाहापाएपछि महानगरीय प्रहरीलाई पत्राचार गर्दै पुल संचालनमा रोक लगाउन भनेको थियो ।  


एसियाली विकास बैकको करिव २० करोड १३ लाख रुपैयाँ ऋण सहयोगमा यो पुल निर्माण गरिएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika