१२ बैशाख २०८१, बुधबार
Header

टेकु पुलको ठेक्का पप्पु जेभीसँग तोडियो


प्रकाशित: शुक्रवार, २५ पुष २०७६, १७ः२० बजे
- महानगरखवर

काठमाडौं । डिभिजनल सडक कार्यालय मिनभवनले टेकु पुलको ठेक्का पप्पु जेभीसँग तोडेको घोषणा गरेको छ । 


मापदण्ड पूरा नगरी पुल निर्माण गरेको भन्दै सडक कार्यलयले उक्त ठेक्का तोडेका हो । तत्कालीन काठमाडौं दिगो सहरी यातायात आयोजनाबाट निर्माण गरिएको टेकु–कालीमाटी जोड्ने विष्णुमती पुलको ठेक्का पप्पु जेभीलाई दिएको थियो । 


तर जेडआइइसी–पप्पु जेभीले ठेक्का सम्झौताको प्रावधानअनुसार मापदण्ड पुरा नगरेकोले पटक पटक सच्चाउन भनी कार्यलयले आग्रह गर्दा पनि नमानेकोले खरिद सम्झौताका सर्तहरू तथा सार्वजनिक खरिद (पहिलो संशोधन) ऐन–२०७३ को दफा ५९ को उपदफा २९क) अनुसार खरिद सम्झौता अन्त्य गरिएको हो । 


सडक कार्यालय मिनभवनका इन्जिनियर सुदर्शन कार्कीका अनुसार मापदण्ड विपरीत काम गरेका कारण ठेक्का तोडेर कम्पनीलाई कारबाही गर्न गर्न सिफारिस गरिएको बताए । 


आयोजनाले कालोसूचीमा राख्नका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई लेखि पठाउनुका साथै भने बैंक ग्यारेण्टी जफत गर्नका लागि पनि पत्राचार गरिसकेको छ ।


करिब ६२ मिटर लम्बाइको उक्त पुल एसियाली विकास बैंक (एडीबी) को करिब २० करोड १३ लाख रूपैयाँ ऋण सहयोगमा पुल निर्माण गरिएको हो ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD