१३ बैशाख २०८१, बिहिबार
Header

टेकु ट्रान्सफर स्टेशनको फोहोर खाली गराईने


प्रकाशित: शुक्रवार, १ कार्तिक २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख प्रशाकीय अधिकृत केदार न्यौपानले टेकु ट्रान्सफर स्टेशनको फोहर खाली गराउनु पर्ने बताएका छन । 


विहिवार महानगरका कर्मचारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको धन्यावाद सन्देश सुनाउन आयोजित कार्यक्रममा प्रशाकीय प्रमुख न्यौपानले सो बताएका हुन । 


असोज २५ र २६ गते चीनका राष्ट्रपति सि चिनफिङ्को राजकीय भ्रमणका क्रममा सहरको सरसफाइमा कर्मचारीले गरेको कामप्रति प्रधानमन्त्रीले धन्यवाद दिएका थिए । 


त्यसैगरी उनले ल्याण्डफिल्ड साइटलाई आकर्षक बगैंचा बनाउनु पर्ने बताउँदै काठमाडौंको फोहर समस्या कम गर्न राम्रो काम गर्नुपर्नेमा जोड दिए । 


प्रशासकिय प्रमुख न्यौपानेले प्रधानमन्त्री ओलीले तीनकुने पार्कको सुन्दरताका लागि भएको कामको पनि प्रशंशा गरेको सुनाउँदै त्यो सक्कली हो भनेर प्रमाणित गर्नुपर्ने बताए । 


महानगरपालिकाको वडा ३२ मा पर्ने कोटेश्वर क्षेत्रको तीनकुने क्षेत्रको करिव ५३ रोपनी जग्गाको वरिपरि माटोको ढिस्को उठाएर त्यहाँ बोटविरुवादु दुवो तथा घाँस रोपिएको थियो । खाली ठाउँको वरिपरि करीब ९०० मि। लम्वाई क्षेत्रमा ६४१ वटा विरुवा रोपिएका छन् । त्यहाँको करीब ९ हजार वर्ग फिट क्षेत्रमा हरियो दुबो रोपिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD