काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि टेकु अस्पतालले कोरोना विरामीको मात्र सेवा दिने जनाएको छ ।
मंगलवारबाट शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले सो सेवा दिने अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताएका छन ।
ननकोभिडको उपचार सेवा तत्कलालाई बन्द गरिएको तर एचआइभी र एन्टी रेबिज भ्याक्सिनु सेवा भने यथावत रहने निर्देशक राजभण्डारीको भनाई छ ।
अस्पतालमा २० जना भन्दा बढि संक्रमितहरुको उपचार भईरहेको छ । कोरोनाको नयाँ अर्थात यूके भेरियन्ट संक्रमण फैलिएका कारण अस्पतालमा भर्ना हुने संक्रमित संख्या बढेको उनले बताए ।
Categorized in स्वास्थ्य