६ बैशाख २०८१, बिहिबार
Header

टेकु अस्पतालमा संक्रमितको संख्या बढन थाल्यो


प्रकाशित: विहिवार, ८ पुस २०७८, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमित विरामीको संख्या बढ्न थालेको छ । 


केही समय अघि अस्पतालको आईसीयूमा दुई जना मात्रै कोरोना संक्रमित थिए भने अहिले त्यो संख्या बढेर ८ पुगेको अस्पतालले जनाएको छ ।

 
अस्पतालकी निर्देशक डा. मनिषा रावलका अनुसार आइसोलेसनमा बिरामीको भर्ना दर भने बढेको छैन । विरामी भएर आउने मध्ये ३५ प्रतिशतभन्दा बढीले खोप नलगाएको पाइएको डा. रावलले बताए । 


आइसोलेसनमा ११ जना संक्रमित उपचाररत रहेकोमा अधिकांस संक्रमितमा झाडापखलाको लक्षण देखिएको अस्पताल स्रोतले बताएको छ । 


डा. रावलका अनुसार अस्पतालमा भर्ना भएका अधिकांशले खोप नलागएको पाइएको छ । 


कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन छिमिकी देश भारतमा फैलिँदै जाँदा नेपालमा झन खतरा बढेको डा. रावलको भनाई छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD