काठमाडौं । कोरोना जोखिम बढेसँगै सरकारले स्वास्थ्य मापदण्ड कडा रुपमा पालना गराउन प्रशासनलाई निर्देशन दिएको छ ।
शुक्रराज ट्रपिकल तथ सरुवा रोग अस्पताल टेकुमा सोमवारसम्मको अपडेट अनुसार कोरोना संक्रमितको संख्या १० जना रहेकामा ४ जना आईसियुमा र ६ जना सामन्य वार्डमा राखिएको छ ।
सोमवार अस्पतालमा ७४ जनाको परिक्षण गर्दा ६ जना संक्रमित पुष्टि भएको छ । यस अघि दैनिक १ देखि २ जनामा संक्रमण पुष्टि हुने गरेको अस्पतालले जनाएको छ ।
देशभर मंगलवार १८८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । चार हजार ३२ जनाको परिक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार हाल देशभर १ हजार १२८ जना संक्रिय संक्रमित देखिएको छ ।
Categorized in स्वास्थ्य