१४ बैशाख २०८१, शुक्रबार
Header

टेकु अस्पतालमा कुुष्ठरोगको उपचार सुरु


प्रकाशित: विहिवार, २ असार २०७९, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा कुष्ठरोगको उपचार औपचारिक रुपमा सुरु गरिएको छ ।


अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार एक हप्ता अघिदेखि कुष्ठरोगको परिचाहन गर्दै उपचारको दायारामा ल्याएको हो ।


सूचना अधिकारी गौतमले दुई महिनाको अवधिमा १० जना कुष्ठरोगीलाई परिचाहन गरी उपचारमा ल्याएको बताएका छन । 


यसअघि ललितपुरको टीकाभैरवस्थित आनन्दवन अस्पतालमा कुष्ठरोगको उपचार हुँदै आएको थियो । 


अहिलेसम्म उदयपुर, रूपन्देही, महोत्तरी, बर्दिया, रौतहट, मोरङ, नवलपरासी पश्चिम, सिराहा, कपिलवस्तु, अछाम, कैलाली, झापा, सर्लाही, पर्सा, बाँके, बारा र धनुषामा कुष्ठरोग समस्या देखिदैं आएको छ ।


कुष्ठरोग माइक्रो ब्याक्टोरियन लिप्रे नामको किटाणुका कारणले हुन्छ । यो किटाणु सर्ने खालको हो, यो एक व्‍यक्तिबाट अर्को व्‍यक्तिमा सर्छ ।


कुष्ठरोगले मुख्यतः छाला, बाहिरी स्नायु, माथिल्लो श्वासमार्गको झिल्ली (म्युकोसा), आँखालाई प्रभावित गर्छ । मुख्यतयाः कुष्ठरोग श्वासप्रश्वासको माध्यमबाट सर्छ । बहुऔषधि उपचारले कुष्ठरोग निको हुन्छ । कुष्ठरोग प्रभावित व्‍यक्तिले औषधी उपचार गरेमा पूर्ण रुपमा निको हुन्छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD