११ बैशाख २०८१, मंगलबार
Header

टेकु अस्पतालबाट भागेका व्यक्तिमा कोरोना संक्रमण छैनः अस्पताल


प्रकाशित: विहिवार, २२ फागुन २०७६, १८ः०० बजे
- महानगरखबर

काडमाडौं । टेकु अस्पतालबाट विहिवार भागेका व्यक्ति कोरोना संक्रमित नभएको अस्पतालले जनाएको छ । 


अस्पतालका अनुसार दक्षिण कोरियाबाट आएका ती व्यक्ति आज सुटुक्क भागेपछि उनको खोजीको लागि प्रहरीलाई अनुरोध गरेका थिए । 


मंगलावर अस्पताल आएका ती व्यक्ति चेकजाँच गर्दा कोरोना संक्रमण भएको लक्षण नदेखिएपछि चिकित्सकहरुले परामर्श दिएर घर पठाए पनि उनी बुधवार फेरि अस्पताल भर्ना भएका थिए ।  


डराएका ती व्यक्ति चिकित्सकको सल्लाहपछि क्वारेन्टाईनमा बसेपनि विहिवार विहान अस्पताललाई जानकारी नगराई फरार भएका थिए । 


सुनसरी घर भएका उनी विमानस्थलबाट घर जान खोजेको र अस्पतालको सम्पर्कमा आएको छ । 


त्यसैगरी बुधबार नै एकजना युएईबाट आएका नेपाली र अर्का फ्रेन्च नागरिकलाई आइसोलेसनमा भर्ना गरिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD