१४ बैशाख २०८१, शुक्रबार
Header

टेकु अस्पतालबाट कोरोना आशंकाका बिरामी भागे


प्रकाशित: विहिवार, २९ माघ २०७६, १८ः३० बजे
- महानगरखबर

काठमाडौं ।  टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट कोरोना आशंका एक विरामी भागेका छन । 


चीनको बाटो हुँदै नेपाल छिरेका साउदीका नागरिक एक साता अघि अस्पताल भर्ना भएको तर उनी फरार रहेको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताएका छन । 


नेपाल छिरेका उनी रुघाखोकी र ज्वरो आएपछि अस्पतालमा जाँच गर्न पुगेको र सामान्य चेकजाँच गर्ने क्रममा उनलाई कोरोनाको आशंका भएपछि अस्पतालले निगरानीमा राख्ने निर्णय गरेको अनलाईनखवरमा प्रकाशित समाचारमा उल्लेख छ ।


समाचार अनुसार कोरोनाको परिक्षणको क्रममा रहेको उनी फरार भएपछि खोजी भईरहेको प्रवक्ता श्रेष्ठको भनाई छ । 


अस्पतालमा बुधबारमात्रै कोरोना भाइरस संक्रमणको आशंकामा तीन जनालाई टेकु अस्पताल भर्ना गरिएको छ ।


चीनबाट नेपाल आएका एक जना चिनियाँ नागरिक र दुई जना नेपालीलाई भर्ना गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता श्रेष्ठले बताए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD