२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

टेकुमा सहिद शुक्रराज शास्त्रीको पूर्ण कदको शालिक अनावरण


प्रकाशित: शुक्रवार, ११ माघ २०७५, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रजातन्त्रका लागि सहिद भएका शुक्रराज शास्त्रीको पूर्णकदको शालिक अनावरण गरिएको छ । 


विहिवारबाट सुरु भएको सहिद सप्ताहको अवसरमा कार्यबाहक प्रधानमन्त्री ईश्वर पोख्रेल र महानगरप्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शालिकको अनावरण गरेको हो । 


माघ १० गते खरिवोटमुनि आयोजना गरिएको श्रद्धाञ्जली सभामा कावा प्रधानमन्त्री पोख्रेलले प्रजातन्त्रको लागि सहिदहरुले गरेको योगदानबाट प्राप्त अहिलेको उपलव्धिलाई संस्थागत गर्न सबै पक्ष एकजुट हुन आवश्यक रहेको बताए ।

 
उनले सहिदको योगदानलाई कसैले पनि विर्सन नहुने र सहिदको योगदानको रक्षा गर्नु पर्ने बताए । 


त्यसैगरी महानगर प्रमुख शाक्यले ज्यानको बाजी लगाएर प्रजातन्त्रको लागि आहुति दिने सहिदहरुको चीरकाल सम्म चर्चा हुने काम गर्न चाहेको बताए ।  


सो श्रद्धाञ्जली सभामा उपप्रमुख हरिप्रभा खड्गीले सहिदहरुको त्यागलाई प्रजातन्त्रको गुरुमन्त्र मान्नु पर्ने र हामीलाई प्राप्त शासन प्रणाली सहिदहरुको योगदानबाट भएको आफ्नो भनाई राखेका थिए ।

 
कार्यक्रममा १२ वडाका अध्यक्ष तथा वातावरण व्यवस्थापन समितिका संयोजक विकास डंगोलले सहिदको बलिदानले आफु अहिले जनप्रतिधि हुन पाएकोमा खुसी व्यक्त गर्दै सो सम्मानको लागि शालिक निर्माण गरेको जानकारी दिए । 


काठमाडौंको टेकु मचलीस्थित सहिद शुक्रराज शास्त्रीको पूर्णकदको शालिक काठमाडौं महानगरपालिका १२ वडाले दश लाख लागतमा निर्माण गरेको हो । 


अनावरण गरिएको शालिक पित्तलको साढे ५ फिट अग्लो पूर्ण कद रहेको छ । सो शालिक महेश तुलाधरले ४ महिना समय लगाएर तयार पारेको हो । 


श्रद्धाञ्जली सभामा संघीय संसद सदस्य कृष्णगोपाल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजबैद्य, पूर्व मन्त्री तीर्थराम डंगोल, वडाध्यक्षहरु, नगर कार्यपालिका सदस्य तथा वडा सदस्य र जनसाधारणको उपस्थिति थियो ।


वि. सं.१९५० सालमा बनासरमा जन्मेका भएका शुक्रराज शास्त्रीले काठमाडौंको इन्द्रचोकमा प्रवचनकामाध्यमबाट जनतालाई प्रजातन्त्रका पक्षमा उक्साएको आरोप लगाएर उहाँलाई पक्राउ गरिएको थियो । 


शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा झुण्ड््याएर प्राणदण्ड दिइएको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex