१६ चैत्र २०८०, शुक्रबार
Header

टेकुको ट्रान्सफर स्टेशनको फोहर खाली गराइयो


प्रकाशित: आईतबार, ३ कातिक २०७६, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आईतवार टेकुको ट्रान्सफर स्टेशनको फोहर खाली गरी फोहर शुन्य बनाएको छ । 


महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेसहित वातावरण व्यवस्थापन बिभागका अधिकारीहरुको उपस्थितीमा फोहर उठाईएको थियो । 


अधिकृत न्यौपानेले अबदेखि ट्रान्सफर स्टेशनमा फोहोर जम्मा गरेर नराखिने बताउँदै ट्रान्सफर स्टेशन भनेको एकछिन बिसाएर, नमिलेको फोहोर मिलाउने ठाउँ मात्रै भएको बताएको छ । 


फोहोर उठाइसकेपछि पानीले स्टेशनको सफाइ गरिएको छ ।  


सहरका सडक र गल्ली—गल्लीमा पुगेर फोहोर जम्मा गरेपछि ट्रान्सफर स्टेशनमा ल्याइन्छ । संकलित फोहोरलाई ठूला सवारी साधनबाट स्यानिटरी ल्याण्डफिल साइटमा ढुवानी गर्ने गरिएको छ । 


टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ । त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ । बाँकी क्षेत्रमा हरियाली बगैंचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको योजना छ ।


यसअघि २०७२ भदौ २२ गते मंगलबारका दिन पनि ट्रान्सफर स्टेशनलाई फोहोर शुन्य बनाइएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD