१४ बैशाख २०८१, शुक्रबार
Header

टेकुको जनस्वास्थ्य प्रयोगशाला अधिकृत ५० हजार घुससहित पक्राउ


प्रकाशित: शुक्रवार, २६ जेठ २०८०, १२ः४९ बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालका टेकुका मेडिकल ल्याब टेक्नोलोजिष्ट छैठो तहका अधिककृत लेखनाथ भट्टराई पक्राउ परेका छन ।


भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार नगदसहित शुक्रवार पक्राउ गरेको हो । 


अख्तियारको प्रवक्ता भोला दाहालका अनुसार उनले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग थिए । 


सोही विषयमा परेको सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले भट्टराईलाई पक्राउ गरेको हो । 


पक्राउ परेका भट्टराईमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD