काठमाडौं । टेकबहादुर –सानुमायाको सम्झनामा बागबजारमा बृहत निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।
सामुदायिक सेवा केन्द्र तथा सामुदयिक प्रहरी सेवा केन्द्र, पुरानो बसपार्क बागबजारको आयोजना तथा ‘टेकबहादुर –सानुमाया स्मृति‘को सह–आयोजना र मातृका आई केयर सेन्टरको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुन लागेको सेवा केन्द्रका अध्यक्ष कमरुद्धिन मियाँले जानकारी दिए ।
अध्यक्ष मियाँका अनुसार असार २० गते शनिवार बागबजारस्थित सिद्धार्थ पव्लिक इंग्लिस स्कुलको प्रांगनमा विहान ९ बजेदेखि शिविर सञ्चालन हुनेछ ।
सो शिविरमा निःशुल्क आखाँ परीक्षण, मोतिविन्दुको उपचार परामर्श तथा आखाँ सम्बन्धी विभिन्न रोगहरुको परीक्षण पनि गरिने भएको छ ।
शिविर सेवा केन्द्रका सक्रिय सदस्य तथा काठमाडौं वडा– २८ की रचना शाही खड्गीको स्व. बुवा टेकबहादुर खड्गी र आमा सानुमाया खड्गीको सम्झनामा गर्न लागिएको हो ।
यसका लागि सेवा केन्द्रका उपाध्यक्ष सुरेन्द्र शाही खड्गी, कोषाध्यक्ष विना तण्डुकार र सदस्य अन्जु श्रेष्ठ रहेका शिविर सञ्चालन तथा व्यवस्थापन समिति पनि गठन गरिएको छ ।
Categorized in स्वास्थ्य