७ जेठ २०८१, सोमबार
Header

टुकुचा खोलाको जग्गा त्रुटीवस व्यक्तिको नाममा भए लगत कट्टा गरिने


प्रकाशित: आईतवार, २४ बैशाख २०८०, १०ः०० बजे
- महानगरखबर

काठमाडौँ । टुकुचा खोला क्षेत्रको जग्गा त्रुटी वस व्यक्तिको नाममा कायम भएको भए लगत कट्टा गरिने भएको छ ।


काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले टुकुचा खोला अतिक्रमणको विषयमा उच्च अदालत पाटनको पूर्ण फैसलाबारे जानकारी दिँदै सो कुरा बताएका हुन । 


व्यक्तिको नाममा भएका त्यसकिसिमको जग्गाहरुको लगत कट्टा र सो जग्गाहरुलाई महानगरवासीको हितको लागि काम गरिने बताएका छन । 


‘अब टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटीवश कायम हुन गएको जग्गाको कानुन बमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हित हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइनेछ ।’ प्रमुख साहले भने ।


उनले अदालनको फैसवाले प्रतिक्रिया दिँद टुकुचाको प्राकृतिक अधिकार पुनःस्थापना गराउन सुरु गरिएको काममा पहिलो चरणको सफलता प्राप्त भएको बताए ।


खोला छोप्ने कार्य बर्जित भएको र बर्जित कार्यलाई सक्रियतापूर्वक रोकथाम तथा नियन्त्रण गर्नुपर्छ भन्ने नीति अनुरूप चालेका कुनै पनि कदम खेर नगएको उनको भनाई रहेको छ । 


उनले भने, ‘केही दिन अघि सार्वजनिक भएको उच्च अदालत पाटनको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको छ । टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको छ । नदीको प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधि शास्त्रको, घोषणा गरेको छ ।’ 


अदालतको फैसलाले फैसलाले टुकुचा खोला अर्थात इच्छुमती नदीको प्राकृतिक अधिकार पुनःस्थापना तथा संरक्षणको लागि काठमाडाँै महानगरपालिका लगायत संघीय सरकारका सम्बद्घ निकायहरूको ध्यानाकर्षण समेत प्रमुख साहले भने ।


कुनै पनि नदी वा खोलाको वहाव क्षेत्र, त्यसको दायाँबायाँ वा माथिको जग्गा व्यक्ति विशेषको नाममा रहन नसक्ने वैधानिक मापदण्ड छ । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD