१४ बैशाख २०८१, शुक्रबार
Header

टुँडिखेल हाम्रो हो भन्दै नागरिक अधिकारकर्मीहरुको प्रदर्शन (भिडियो) 


प्रकाशित: शुक्रवार, ७ फागुन २०७७, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । बृहत नागरिक आन्दोलनको नेतृत्वमा शुक्रवार काठमाडौंको टुँडिखेलबाट नागरिक घोषणा पत्र जारी गरेको छ । 


उनीहरुले टुँडिखेल हाम्रो, प्रतिगमन मुर्दावाद, बलात्कारीलाई कार्वाही गर भन्दै रत्नपार्कमा भेला भई टुँडिखेल परिक्रममा गरेका थिए । 

 

 


नागरिकहरुमा निहीत अधिकारको प्रयोग गरेर जारी गरिएको यस घोषणा पत्रले आदिवासी, जनजाति, महिला, दलित, मधेसी, यौनिक अल्पसंख्यक जस्ता ऐतिहासिक रुपमा परित्यक्त एवं विभेद भोगेका समुदायको अधिकार, अपनत्व, आत्मसम्मान र स्वामित्व सुनिश्चित हुने जीवन्त लोकतन्त्रको परिकल्पना गरेको बताईएको छ । 


घोषणापत्रमा संघीय गणतन्त्रको पहिलो निर्वाचनबाट उदाएको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीमा सर्वसत्तावादी चिन्तन र व्यवहार हावी भएको उल्लेख गरिएको छ ।


जनताको ठूलो बलिदानी, संघर्ष र आन्दोलनहरुबाट प्राप्त व्यवस्थामा नै ओली सरकारको सर्वसत्तावादी प्रहार भएको अधिकारकर्मीहरुको निष्कर्ष छ । 


वि.स. २००७ सालदेखि नै निरन्तरण प्रतिगमन भईरहेको घोषणापत्रमा उल्लेख गर्दै भनिएको छ,‘ सरकारका यी प्रतिगामी कार्यले राजनीतिक गतिरोध र प्रणालीगत संकट मात्रै सिर्जना गरेन, मुलुकलाई अन्यौल र मुठभेडतर्फ धकेल्यो ।’


घोषणापत्रमा अगाडि भनिएको छ, ‘सामथ्र्य र पहिचानका आधारहरुलाई नजरअन्दाज गर्दा संघीयताले आदिवासी–जनजाति आन्दोलनलाईस मधेसी, मुस्लिम र थारुका संघर्षलाईस कर्णालीसहित भौगोलिक असमानतालाई अपेक्षाकृत सम्बोधन गरेन । संघीयताका नाममा हावी एकात्मक चिन्तन र केन्द्रीकृत शासकीय सोचलाई चिर्न, आउनोस्, सँगै लडौँ ।’
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD