काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा २ हजारभन्दा बढिलाई शिप सिकाउने उदेश्यले ‘सिप मेला २०८१’ सुरु गरेको छ ।
‘विश्व मजदुर दिवस’ को अवसर पारेर बुधवारदेखि एक महिने सो मेलाको काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले उद्घाटन गरिन ।
२ हजार ८१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने र तालिम लिएकाहरुलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ उपलब्ध गराउने लक्ष्यसहित मेला थालिएको हो ।
सिलाइका लागि कपडा काटेर र काटिएको कपडालाई मेसिनमा सिलाएर मेलाको उद्धघाटनउपप्रमुख डंगोलले गरेकी थिइन ।
सो अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले तालिम दिएका व्यक्तिहरुलाई महानगरले निरन्तर निगरानी गरि रहेको बताउँदै उपलब्धीलाईं महानगरपालिकाका नयाँ तालिम कार्यक्रम सञ्चालन योजनामा आवद्ध रहेको बताए ।
उद्घाटन समारोहमा करिब ५ हजार ५ सय व्यक्ति सहभागी भएको सामाजिक विकास विभागका निमित्त प्रमुख बिमला कोइरालाले जानकारी दिए ।
तालिममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान), नेपाल उद्योग परिसंघ (सीउनआइ), नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ (एफपी टीइएन), ग्लोकल, सिप्रदी ट्रेडिङ् र सीसीटिभी स्टेशन एण्ड स्मार्ट होमसँग तालिम सञ्चालन गर्न सहकार्य भएको छ ।
सिप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएका छन् । क्षेत्रभित्र २९ प्रकारका पेशागत तालिम हुनेछन । मागका आधारमा थप क्षेत्र र पेशा थप गर्ने योजना छ ।
सुरु गर्न लागिएका तालिममध्ये अटो मोवाइल्स एउटा क्षेत्र हो । यसभित्र अटो इलेक्ट्रिक, अटो एअर कन्डिसन, मोटरवाइक र स्कुटर रिपेयर (इभी) इलेक्ट्रिकल कार रिपेयर (इभी)विषय छन ।
Categorized in स्थानिय