११ बैशाख २०८१, मंगलबार
Header

टुँडिखेलमा एक हप्ते मनोक्रान्ति योग शिविर सञ्चालन हुने


प्रकाशित: बुधवार, २२ फागुन २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौँ । मनोक्रान्ति केन्द्र नेपालले ३२औँ मनोक्रान्ति दिवसका अवसरमा काठमाडौैको टुँडिखेलमा एकहप्ते योग साधना शिविर सञ्चालन गर्ने भएको छ ।


फागुन २६ गतेदेखि सञ्चालन हुने निःशुल्क योग शिविरमा योग साधनाका माध्यमबाट समाज रुपान्तरणमा चेतना जगाउने उद्देश्य रहेको जनाएको छ । 


मनोक्रान्ति केन्द्र नेपालले बुधवार पत्रकार सम्मेलन गरेर सो जानकारी दिएको हो । 


केन्द्रका अनुसार शिविरमा दैनिक एक हजार योग साधक सहभागी गराउने लक्ष्य रहेको मनोक्रान्ति केन्द्र नेपालका संस्थापक डा योगी विकाशानन्दले जानकारी दिए ।  


उपत्यका बाहिरबाट आउने योग साधकका लागि भने संस्थाले नै आवासको व्यवस्था मिलाएको छ । योग शिविर बिहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म चल्नेछ । 


शिविर चैत २ गतेसम्म चल्नेछ । विसं २०४३ देखि डा योगी विकासानन्दले सो अभियान सञ्चालन गर्दै आएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD