काठमाडौं । टी–२० विश्वकप क्रिकेटको विजेतालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले नगद पुरस्कारको राशी घोषणा गरेका छन ।
सोमवार परिषदले एक विज्ञप्ती जारी गरी २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कारको घोषणा गरेका हुन । विश्वकपका लागि अहिलेसम्मको धेरै पुरस्कार रकम घोषणा गरेको हो ।
विश्वकपको उपविजेताले १२ लाख २८ हजार अमेरिकी डलर पाउनेछन भने प्रतियोगितामा सहभागी सबै टिमले २ लाख २५ हजार अमेरिकी डलर पाउनेछन ।
आईसीसीको यो घोषणा अनुसार नेपालले पनि २ लाख २५ हजार डलर पाउनेछ । यो भनेको करिब ३ करोड नेपाली रुपैयाँ हो ।
Categorized in मनोरन्जन