१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

टीपीएस सुविधाधारी नेपालीलाई अमेरिकी सरकारले नेपाल फर्काउँदै



काठमाडौं । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले ३ बर्ष अघि आएको विनाशकारी भूकम्पको कारण  नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस् (टीपीएस) खारेज गरी उनीहरुलाई घर फर्काउने तयारी गरेको द वासिङट्न पोष्टको अनलाइन संस्करणले जनाएको छ ।
अमेरिकी सरकारले करिब ९ हजार नेपालीलाई देश निकालाको तयारी गरेको भए पनि सो स्किमअन्तर्गत झण्डै १५ हजार नेपालीले टीपीएस सुविधा लिएको सो अनलाईनले जनाएको छ । 
अवैधानिकरुपमा अमेरिका बसोबास गरिरहेका विदेशीलाई स्वदेश फर्काउने ट्रम्प प्रशासनको अभियानको पछिल्लो मारमा नेपालीहरु परेका छन् 
नेपालीलाई दिइएको टीपीएसको समय जुन महिनामा सकिँदैछ । समय समाप्त हुनुभन्दा ६० दिन पहिले निर्णय गरिसक्नुपर्ने प्रावधान रहेको हुँदा केही दिनमै विभागले नेपालीको टीपीएस खारेज निर्णय सार्वजनिक गर्न सक्ने छ । 

gallery ko lagi yesma click garnu hola

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex