काठमाडौं । कैलाली टीकापुर घट्नामा सांसद रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।
अदालते उनलाई ८ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जानेगरी टीकापुरमा हिंसा भड्काउन मुख्य योजनाकारको रूपमा भूमिका खेलेको अभियोग लागाएको छ ।
२०७२ भदौ ७ गते कैलालीको टिकापुर घट्ना भएको थियो । सो घट्नामा सांसद चौधरीको मुख्य संग्लनता देखिएको अदालतले ठहर गरेको हो ।
गत वर्षको प्रतिनिधि सभा चुनावमा चौधरी कैलाली–१ बाट सांसद निर्वाचित भएको थिए ।
तर संविधान अनुसार उनको पद भने गुम्ने भएको छ । संविधानले नैतिक पतनमा फौजदारी अभियोगमा सजाय पाएको व्यक्ति सांसद हुन नसक्ने प्रावधान गरेको छ ।
संविधानको धारा ८७ ले सांसद हुने योग्यतामा ‘नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको’ व्यक्ति हुनु पर्ने व्यवस्था गरेको छ ।
यस अघि पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका चौधरीले गत पुस १९ गते सांसदको सपथ लिएका थिए ।
Categorized in राष्ट्रिय