१४ बैशाख २०८१, शुक्रबार
Header

टीआई नेपाल उपाध्यक्षमा बुद्धि नारायण श्रेष्ठ चयन


प्रकाशित: शनिवार, २५ पुष २०७७, १८ः५० बजे
- महानगरखवर

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालका उपाध्यक्षमा बुद्धि नारायण श्रेष्ठलाई चयन गरेको छ ।


टीआई नेपालका नवनिर्वाचीत अध्यक्ष पद्मीनी प्रधानाङ्गको अध्यक्षतामा शुक्रवार सम्पन्न कार्यसमितिको २६७ औं बैठकले संस्थाका उपाध्यक्षमा बुद्धि नारायण श्रेष्ठलाई चयन गरेको हो । 


यसै गरी महासचिवमा मुकुन्द बहादुर प्रधान र कोषाध्यक्षमा किरण थापालाई पुनः चयन गरेको टिआईका कार्यकारी निर्देशक आशिष थापाले जनाएका छन । 


संस्थाको पुस २० गते सम्पन्न साधारणसभाबाट चुनिएका अध्यक्ष प्रधानाङ्ग लगायत ९ कार्यसमिति सदस्यहरु मध्येबाट पदाधिकारी चयन गरिएको हो । 


संस्थाको नवनिर्वाचीत कार्यसमितिमा पद्मीनी प्रधानाङ्ग अध्यक्ष), बुद्धि नारायण श्रेष्ठ उपाध्यक्ष, मुकुन्द बहादुर प्रधान महासचिव, किरण थापा कोषाध्यक्षमा चयन भएका छन । 


त्यसैगरी सदस्यहरुमा डा. सागरराज शर्मा , सुरेन्द्रवीर मालाकार राष्ट्रिय व्यवसायिक पहल (सदस्य), कृष्ण ज्ञवाली, आर्या श्रेष्ठ र मदनकृष्ण शर्मा  रहेका छन । 


कार्यकारी निर्देशका थापका अनुसार कार्यसमितिद्वारा महासचिव मुकुन्द बहादुर प्रधानलाई प्रवक्ता र सदस्य कृष्ण ज्ञवालीलाई सह–प्रवक्ता पनि तोकिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD