१६ चैत्र २०८०, शुक्रबार
Header

टि—ट्वान्टी क्रिकेट खेलको उद्घाटन


प्रकाशित: शुक्रवार, २० फागुन २०७८, १६ः०० बजे
- महानगरखवर

काठमाडौंं । काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले शंखपार्कसँग जोडिएको पाकिस्तान एम्बेसी ग्राउण्डमा टि—ट्वान्टी क्रिकेट खेलको उद्घाटन गरेका छन । 


नेपालका लागि पाकिस्तान दूताबासले आयोजना गरेको यो सातौँ सातौँ संस्करणको खेल उद्धघाटन गर्दै प्रमुख शाक्यले भने,‘महानगरले फुटबल, क्रिकेटलगायतका खेललाई प्रत्यक्ष सहयोग गरेको छ । नेपालमा क्रिकेटको बिकास र विस्तार सन्तोषजनक छ । यसबाट राष्ट्रिय गौरव बढाउन थप काम गर्नुपर्छ । युवा शक्तिलाई सकारात्मक काममा लाग्न प्रेरणा गर्ने भनेको खेल हो ।’


सो अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत शैयद हाइदर शाहले कोविडको महामारीपछि क्रमशः खेलका कार्यक्रमहरु बढ्दै गएको बताए । 


‘नेपालमा क्रिकेटप्रतिको मोह बढ्दो छ । हामीले आयोजना गरेको खेलबाट दुई देशका युवाविच मैत्री सम्बन्ध स्थापना हुने आशा गरेका छौँ ।’ राजदूत शाहले भने । 


प्रतिस्पर्धामा १२ टीम छन । ४ समूहमा विभाजन गरेर एउटा समूहमा २ वटा खेल खेलाइनेछन । यसबाट शीर्ष स्थान प्राप्त गर्ने टीम सेमिफाइनलमा पुग्नेछन । सेमी फाइनलका विजेताले फाइनल प्रतिस्पर्धा गर्नेछन ।


खेल फागुन २६ गते सम्पन्न हुनेछ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD