२१ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

टिचिङ अस्पतालमा डिजिटल सेवाको लागि महानगरबाट उपकरण सहयोग


प्रकाशित: विहिवार, २१ जेठ २०८३, १७ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टिचिङ अस्पताल महाराजगंजमा ओपीडी सेवालाई थप बिरामीमैत्री बनाउन १ करोड ७० लाख रुपैयाँभन्दा बढी मूल्यका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ ।


अस्पतालमा आयोजित कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुुनिता डंगोलले अस्पतालका प्रमुख प्रा.डा. सुवास आचार्यलाई उपकरण हस्तान्तरण गर्नुभयो ।


महानगरपालिकाले प्रदान गरेका उपकरणमा शुल्क भुक्तानी, रिपोर्ट प्रिन्ट तथा घरबाटै उपचार शुल्क जम्मा गर्न सकिने सुविधासहितका १६ वटा इन्टरएक्टिभ किओस्क मेसिन र उपचारसम्बन्धी सम्पूर्ण विवरण हेर्न सकिने ६५ वटा ‘अल इन वन’ डेस्कटप रहेका छन ।


साथै अस्पतालको सेवा प्रणालीलाई थप प्रभावकारी बनाउन सर्भर तथा र्‍यामको क्षमता पनि विस्तार गरिएको छ । 


महानगरपालिकाले उपलब्ध गराएको सहयोगबाट सर्वसाधारणलाई सेवा लिन सहज हुने विश्वास व्यक्त गर्दै डंगोलले अस्पतालसँगको सहकार्यलाई विशेष महत्व दिएको बताउनुभयो । उहाँले भविष्यमा अस्पतालसँग सहकार्य गरेर टेलि–सेवा सञ्चालन गर्न सकिने सम्भावनासमेत औँल्याउनुभयो ।


महानगरपालिकाले यसअघि कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भेन्टिलेटर, सिटी स्क्यान मेसिन तथा अस्पतालको बेड क्यु व्यवस्थापन प्रणालीलगायतका उपकरणसमेत उपलब्ध गराइसकेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex