काठमाडौं । त्रि.वि. शिक्षण अस्पतालको रेडियोलोजी बिभागबाट प्रहरीले एक थान कटुवा पेस्तोल र ३ राउण्ड गोली आईतबार बरामद गरेको छ ।
महाराजगंजस्थित त्रि.बि.बि.शिक्षण अस्पतालको परिसरभित्र रहेको ब्लक सि स्थित रेडियोलोजी बिभागको एक्सरे गर्ने कोठामा रहेको दराजको ८१ नम्बर लकरबाट पेस्तोल र गोली फेला पारी प्रहरीले जनाएको छ ।
उक्त लकर बन्द रहेकोमा खोली हेर्दा कालो रंगको प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार फेला पारी प्रहरीले बरामद गरेको हो ।
यस समबन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Categorized in समाज