३० जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

टिकाभैरवमा ९औं राष्ट्रव्यापी सो–क्योकुसिन फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने


प्रकाशित: शुक्रवार, २९ जेठ २०८३, १०ः२० बजे
- महानगरखबर

काठमाडौं । ललितपुरको टिकाभैरवमा नवौं राष्ट्रव्यापी सो–क्योकुसिन फुल कन्ट्याक्ट कराते प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ ।


टिकाभैरव सो–क्योकुसिन कराते शाखा डोजो, गोदावरी–६, ललितपुरको आयोजनामा हुने उक्त प्रतियोगिता २०८३ असार ३० र ३१ गते सञ्चालन हुनेछ । 


प्रतियोगिता मथुर एकेडेमी, टिकाभैरवमा आयोजना गरिने आयोजकले जनाएको छ । प्रतियोगितालाई गोदावरी नगरपालिका वडा नं. ६ र वडा नं.९ ले प्रायोजन गरेका छन ।


कार्यक्रमको पहिलो दिन उद्धघाटन सत्र गोदावारी नगरपालिकाकी उपप्रमुख मुना अधिकारीले गर्ने कार्यक्रम रहेको छ भने समानप समारोहका प्रमुख अतिथी गजेन्द्र महर्जनले गर्ने भएको छ । 


राष्ट्रव्यापी स्तरको यस प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट कराते खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।


। प्रतियोगिताले खेलाडीहरूबीच प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै कराते खेलको प्रवद्र्धन र नयाँ प्रतिभाको पहिचानमा सहयोग पुग्ने आयोजकको विश्वास छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex