६ बैशाख २०८१, बिहिबार
Header

टिकापुर घट्नालाई ‘प्रचण्ड र आलीले’ बुझेनः भट्टराई


प्रकाशित: शनिवार, ७ भाद्र २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले टीकापुर घटना थारु विद्रोह भएको बताएका छन ।


कैलालीको टीकापुरमा शनिबारबाट सुरु भएको आयोजित थारुवान राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै भट्टराईले भाद्र ७ गतेको टिकापुर घट्नलाई सत्तामा बसेका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नबुझेको अरोप लगाएका छन । 


भट्टराईले भने, विद्रोह कहिले पनि नापतौले जस्तो हुँदैन । भदौ ७ गते पनि त्यही भयो । नाते तौलिए जस्तो भएन । आफ्नो बाटो लियो ।’


थारुहरुले आफ्नो अधिकारको लागि आवाज उठाउँदा विद्रोह नहुने तर झापाको आन्दोलन चाँहि विद्रोह हुने भन्दै डा. भट्टराईले प्रश्न गरेका छन । 


भट्टराईले प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादललाई पनि प्रश्न गर्दै भनेका छन, ‘अरुको विद्रोह चाहिँ राजनीतिक मुद्दा होइन ?’


टिकापुर घट्नको आरोपमा रेशम चौधरीलाई समात्यो र तर भाद्र ८ गते राज्यको मिलेमतोमा लुटपाट र महिलाको अस्मिता लुटिएको प्रति डा. भट्टराईले कार्वाही भए त भनी प्रश्न गरेका छन । 


टिकापुरमा देशभरीम थारु समुदायका मानिसहरु भेला भएका छन भने सम्मेलनमा टिकापुर घट्नाको व्यापक चर्चा गर्दै रेशम चौधरीलाई न्याय दिनुपर्ने आवाजहरु समेत उठेका छन । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD