काठमाडौं । कैलालीको टीकापुरमा घरयासी विवाद हुँदा बाबुले छोराको हत्या गरेको छ ।
टिकापुर नगरपालिका–८ कालिमाटीमा साँझ ७५ वर्षीय बाबु पहले लुहारको बञ्चरो प्रहारबाट ५० वर्षीय छोरा कृतबहादुर लुहारको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
छोरा कृतकबहादुरको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमृत्यु भएको प्रहरीले जनाएको छ ।
शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको र बञ्चरो प्रहार गर्ने बाबु पहलेलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय टीकापुरमा राखेको छ ।
Categorized in समाज