५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

टिकटक बन्द विरुद्ध सर्वोच्चमा परयो ६ वटा रिट


प्रकाशित: शुक्रवार, १ मंसिर २०८०, १३ः१० बजे
- महानगरखबर

काठमाडौं । नेपालमा टिकटक बन्द विरुद्ध कानुुन व्यवसायीहरुले सर्वोच्मा रिट दिएका छन । 


शुक्रवार कानुन व्यवसायीहरुले सरकार गरेको सो निर्णय विरुद्ध निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट पेश गरेको हो । 


अहिलेसम्म टिकटक प्रतिबन्धको विरुद्धमा ६ वटा परेको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता स्वागत नेपाल लगायतले रिट पेश गरेका छन । 


टिकटक माथिको प्रतिबन्धले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको, निर्देशिका ल्याएर नियमन गर्ने प्रक्रियामा गएको सरकारले हठात बन्द गर्ने निर्णय गरेको, निर्णय गर्दा कुनै कानूनी आधार नटेकेको भन्दै उनीहरुले सरकारको निर्णय खारेज हुनुपर्ने माग गरेका छन ।


सरकारले २७ कात्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । 


टिकटकबाट पारिवारिक सम्बन्ध र सामाजिक सद्भाव बिगार्ने काम भएको भन्दै त्यसलाई बन्द गर्ने निर्णय सरकारले गरेको हो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex