२२ बैशाख २०८१, शनिबार
Header

टिकटक बन्द बारे सर्वोच्चलाई प्रम दाहालको जवाफः डिजिटल पोलुसन बढायो 


प्रकाशित: शुुक्रवार, १५ मंसिर २०८०, १३ः३० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल टिकटक बन्दबारे सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गरेका छन । 


टिकटिक बन्द गर्न नहुने भन्दै सर्वोच्च अदालतमा दर्ता भएका १६ वटा रिट निवेदनहरुको एकमुष्ट जवाफको प्रम दाहालले जवाफ दिएका हुन ।

 
प्रधानमन्त्री दाहालले टिकटकका कारण नेपाली समाजमा प्रविधिगत प्रदुषण् (डिजिटल पोलुसन) बढ्दै गएको र त्यो नियन्त्रण गर्न आवश्यक रहेको दाबी गरेका हुन ।


लिखित जवाफमा प्रधानमन्त्री दाहालले भनेका छन, ‘टिकटकको सकारात्मकका साथै नकारात्मक प्रयोग पनि भइरहेको देखिएकाले यो सामाजिक रोग तथा महामारीका रुपमा फैलिँदै गई प्रविधिगत प्रदुषण बढ्दै गएको हुँदा यसका समग्र नकारात्मक पक्षबाट समाज तथा समग्र राष्ट्रलाई नै सुरक्षित गरी बहुसंख्यक नागरिकको हित संरक्षण गर्ने अभिप्रायले यसको प्रयोगमा रोक लगाउने गरी निर्णय भएको हो ।’


टिकटकबाट नेपाली समाजमा सद्भाव विथोलेको, घृणा फैलाएको, सामाजिक सहिष्णुतामा आँच आउने अभिव्यक्तिहरु आएको, अश्लिल सामग्री शेयर फैलाउने क्रम बढेको प्रधानमन्त्रीको दाबी छ । 


उनले व्यक्तिगत मानमर्दन गर्ने, बदलाको भावनाबाट प्रेरित भएर आवेशपूर्ण अभिव्यक्तिहरु पोष्ट गर्ने लगायतका विकृती बढेकाले प्रतिबन्ध लगाउनुपरेको दाबी गरेका छन ।


टिकटकको बढ्दो प्रयोगका कारण सामाजिक आचरणहरु स्खलित हुँदै गइरहेको भन्दै प्रधानमन्त्री टिकटकको प्रयोगबाट बालबालिकाको शारीरिक, मानसिक र अरु समग्र पक्षको विकासमा नकारात्मक असर परेको दाबी उनले गरेका छन ।


लिखित जवाफमा भनेका छन्, ‘राष्ट्रिय सुरक्षा, व्यक्तिगत गोपनीयता, सांस्कृतिक विचलन, प्रयोगको कूलत, मिथ्या सूचना, डाटा चुहावट र साईबर सुरक्षा जस्ता कारणले टिकटकको प्रयोगमा प्रतिबन्ध लगाउन आवश्यक परेको हो ।


गत कातिक २७ मा सरकारले नेपालमा टिकटक बन्द गराउने निर्णय गरेको थियो । सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गर्नुअघि सामाजिक सञ्जाल सञ्चालन तथा नियमन गर्ने निर्देशिका जारी गरेको थियो । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD