६ जेठ २०८१, आइतबार
Header

टिकटक बन्दको चौतर्फी विरोध, २४ घण्टाभित्र बन्द हुने


प्रकाशित: सोमवार, २७ कातिक २०८०, २२ः०० बजे
- महानगरखबर

काठमाडौं । सरकारले टिकटक बन्द गर्ने निर्णय लगत्तै सरकारको चौतर्फी आलोचना हुन थालेको छ । 


सोमवार सरकारका प्रवक्ता तथा सञ्चार तथा तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले टिकटिकले समाजिक सद्भाव विगारेको, व्यक्तिको चरित्र हत्या गरेका जस्ता गतिविधि बढाएको भन्दै सरकारले समाजिक सञ्जाल टिकटिक बन्द गर्ने निर्णय गरेको बताएको छ । 


सरकारको यो निर्णय आए लगत्तै समाजिक सञ्जालमा सक्रिय प्रयोगकर्ताहरुले चर्को रुपमा विरोध गरेका छन । प्रयोगकर्ताहरुले विभिन्न तर्कहरु प्रस्तुुत गर्दै ओलचना गर्न थालेका छन । 


यो सँगै सरकारको यस निर्णयप्रति सरकारमै रहेको पार्टीका नेताहरुले सरकारको निर्णय प्रति आपत्ती जनाएका छन । राजनीतिक दलका कतिपय नेताहरुले टिकटकमाथि प्रतिबन्धको विपक्षमा धारणा राखेका छन् । 


उनीहरुले टिकटकलाई मर्यादित बनाउन सरकारले नियम बनाउनुपर्नेमा प्रतिबन्ध लगाउनु उचित नहुने धारणा राखेका छन ।


सरकारले टिकटकमाथि प्रतिबन्धको निर्णय गरेको केहीबेरमा नै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विपक्षमा धारणा सार्वजनिक गरेका छन ।


थापाले टिकटकमा प्रतिबन्ध लगाएर सरकार उल्टो बाटो हिंडेको बताए । ‘यसमा सरकारको नियत अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रता कुण्ठित गर्ने देखियो । सरकारले यो कदम सच्याउनुपर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन’, थापाले भनेका छन ।


महामन्त्री शर्माले गर्धनमा पिलो आयो भन्दैमा गर्धन काट्ने भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् । शर्माले भनेका छन्, ‘आज टिकटक बन्द, भोलि फेसबुक बन्द, पर्सि कसैले भनिदेला लोकतान्त्रिक शासन प्रणालीले देश बिग्रियो भनेर तब के गर्ने लोकतान्त्रिक प्रणालीनै भंग गरिदिने प्रधानमन्त्रीज्यू ?’


कांग्रेस नेता प्रदीप पौडेलले पनि यस विषयमा आफ्ना धारणा सामाजिक सञ्जालमा राखेका छन । 


उनले सूचना र मनोरञ्जनका लागि मात्र नभई व्यवसाय सञ्चालनमा समेत सहयोगी बन्दै बताए ।


राज्यले सामाजिक सञ्जालको प्रयोग रोक्ने नभई दुरुपयोग हुन नदिन कडाइ गर्नुपर्ने उनको भनाइ छ । ‘उचित कानुनी दायराभित्र रहने गरी निरन्तर सञ्चालन गर्न दिइयोस’, केन्द्रीय सदस्य पौडेलले भने ।


सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका स्वीकृत गरेको चार दिन पछि सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको छ ।


सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउने भन्दै निर्देशिका ल्याएको सरकारले त्यसको कार्यान्वयन प्रक्रिया सुरु नगरी टिकटक प्रतिबन्ध गरेको हो ।


नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले सरकारले व्यक्तिगत स्वतन्त्रता कुण्ठित गर्ने गरी टिकटक बन्द गर्ने निर्णय गरेको भन्दै  खेद व्यक्त गरेका छन ।


राप्रपा, रास्वपा लगायतका अन्य राजनीतिक दलहरुले टिकटिक प्रतिवन्ध प्रति आक्रोश व्यक्त गरेका छन । 


टिकटिक बन्द गर्ने सरकारको निर्णय लगतै दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ ।


दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालका अनुसार टिकटकलाई इमेल लेखेका पठाइसकेकोले २४ घन्टामा सबै ब्लक हुने छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD